जनता टाइम्स

२९ श्रावण २०७८, शुक्रबार १८:३१

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामा



काठमाडौं, साउन २९। नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामाको घोषणा गरेका छन् ।कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।जारी केन्द्रीय समिति बैठकमा आफूले राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले बताउनुभयो ।