जनता टाइम्स

३० श्रावण २०७८, शनिबार १६:१३

देउवा सरकार अल्पमतमा नै छ : प्रचण्ड


काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने बताउनुभएको छ । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उहाँको विश्लेषण छ ।

आज बसेको माओवादी केन्द्रको बैठकमा बोल्दै प्रचण्डले भन्नुभयो ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ, यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’ सरकारको गणितबारे चर्चा गर्दै प्रचण्डले अगाडि भन्नुभयो, ‘जसपाले वैधानिकता पाएकाले २० सांसद छन् । काँग्रेस र हाम्रा सांसद १११ छन् । सबै जोड्दा १३१ मात्र पुग्छ, यत्ति हो । यसरी हेर्दा हामी अल्पमतमा नै छौँ ।’