काठमाडौं, साउन ३० । विश्व सम्पदा क्षेत्रमा सूचिकृत भएको हिन्दुहरूको आस्थाको प्रतिक धार्मिक एवं आराध्यदेव पशुपतिनाथको संरक्षण र सम्बद्र्धनका लागि स्थापित पशुपति क्षेत्र विकास कोषमा पदाधिकारी नियुक्तिको चलखेल तीव्र बनेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रतिक ढकालको कार्यकाल भोलि आइतवारदेखि समाप्त हुँदैछ, साथै कोषाध्यक्षको पदावधि पनि हप्ता दिनभित्र समाप्त हुँदै छ । यिनै दुई पदमा नियुक्त हुनका लागि ठूलो धनरासी बोकेर मारवाडी समुदायका व्यक्तिहरु शक्ति केन्द्र धाइरहेको खवर प्राप्त भएको छ ।
५ सय भन्दा बढी सम्पदाको संरक्षण र तिर्थयात्रीलगायत लाई सुविधा दिनका लागि गठन भएको पशुपति क्षेत्र विकास कोष कहिले भारतले वनाई दिएको धर्मशालालाई ठेकेदार आनन्द वताससंग मिलेर तिर्थयात्रीले बस्न नसक्ने महंगो गरी थ्री स्टार वनाइएको छ । भगवानको जग्गा जमीन लिजमा दिने, ब्यक्तिका नाममा दर्ता गर्ने कार्य भैरहेको चर्चा छ । गोठाटारको वालुवाको लागि विचौलियाले शक्ति केन्द्रसंग साँठगाँठ गरी पशुपतिलाई घाटा हुने गरी चलखेल भैरहेको छ ।
यही साउन ३१ गते सदस्य सचिवको म्याद सकिने र कोषाध्यक्षको म्याद भदौ १२ गते सकिने हुँदा चलखेल तीव्र बनेको हो । स्रोतका अनुसार सदस्य सचिवको लागि वालुवा माफिया पैशा वोकेर वालुवाटारमा धाइरहेका छन । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा तारिख धाइरहेका वालुवाको भ्रष्टाचार गरेको मूद्दा खेपिरहेका पूर्वसदस्य सचिव शुशिल नाहटा, शंकर अक्सिजन ग्यासको मालिक शंकर अग्रवाल, वतास ग्रुपले हालका विवादित र भ्रष्टाचारमा लिप्त सदस्य सचिव प्रदीप ढकाललाई बोकेर वालुवाटारमा धाइरहेको स्रोतले जनताटाइम्सलाई बतायो ।
पशुपति क्षेत्र जस्तो धार्मिक र पवित्र स्थलमा पैशाको चलखेलले धार्मिक आस्थामाथि चोट पुगेको छ । जितेन्द्र देव र बिजय गच्छदारले पैसा नै खाएर प्रदिप ढकाल र कोषाध्यक्षमा मिलन थापालाई नियूक्ति दिनुभएको थियो । पशुपतिका एक पुजारी भन्छन, ‘कोषलाई आजको आवश्यकता भनेको पशुपतिनाथको सम्पत्ति रक्षा गर्ने ब्यक्तिहरुको आवश्यक छ । पशुपतिनाथको जग्गा र वालुवा बेचेर अरबौ कमाउन लालायित व्यक्तिहरुका कारण पशुपति क्षेत्र जस्तो आस्थाको केन्द्र बदनाम हुन गई रहेको छ । वर्तमान सरकारले यस्ता चलखेलहरुलाई निस्तेज गर्नु पर्ने आवश्यकता खड्किएको छ ।’













प्रतिक्रिया दिनुहोस्