जनता टाइम्स

३० श्रावण २०७८, शनिबार २१:३१

बाँकेमा उर्लियो एमालेमा जनलहर : वडाध्यक्षसहित २ सय ६० जना एमाले प्रवेश


बाँके साउन ३० ।बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६,का वडाध्यक्ष मोहनराम मिश्र लगायत जनप्रतिनिधि सहित दुई सय ६० जना कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

वडाध्यक्ष मिश्र, सदस्यहरु तिरथराम कुर्मी, महिला सदस्य अक्लीमुन निसा शेषलगायत विभिन्न पार्टीबाट दुई सय ६० जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । यी जनप्रतिनिधिहरु फोरम लोकतान्त्रिकबाट चुनाव जितेका थिए ।

जनप्रतिनिधिलगायत विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका कार्यकर्तालाई पार्टीका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभयो । सो अवसरमा बोल्दै वडाध्यक्ष मिश्राले नेकपा एमालेको बिचार सिद्धान्त मन परेकोले स्वइच्छाले पार्टी प्रवेश गरेको बताउनुभयो । नेकपा एमाले डुडुवा गाउँपालिकाका अध्यक्ष शकिल खानको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मो. हारुन, जिल्ला अध्यक्ष सूर्य ढकाल, प्रदेशका नेता निरक गुरुङ, हलिम साह, शान्ति ढकाल, जमिल खाँलगायतले पार्टी प्रवेश सभालाई सम्बोधन गर्नुभएको थियो ।