काठमाडौं, साउन ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड तनावमा देखिनुभएको छ । शनिबार प्रस्तुत राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको भन्दै केन्द्रीय सदस्यहरुले गम्भीर प्रश्न उठाएपछि प्रचण्ड तनावमा पर्नुभएको हो ।
प्रचण्डको प्रस्तावमाथि सुझाव दिनेक्रममा केन्द्रीय सदस्यहरुको एमसीसीबारे दोधारे नीति लिइएको भन्दै स्पष्ट रुपमा हुन्छ वा हुन्न भन्ने किटानी हुनुपर्ने अडान राखेका छन । यो अडानले सधै खेलाउन माहिर प्रचण्ड तनावमा पर्नुभएको हो । आफ्नो सुझावको क्रममा नेताहरुले एमसीसीबारे स्पष्टता जरुरी रहेको बताएका छन । विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रूपमा दस्तावेजमा आउनुपर्ने माग गरेका छन ।
केही नेताहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको समेत बताउनु भएको छ । ‘यस्तो जता पनि ठीक हुने गरी आउनु भएन, एमसीसीबारे स्पष्ट व्याख्या गरेर आउनुपर्यो,’ बैठकमा अधिकांश समुहको सुझाव उधृत गर्दै एक नेताले जनताटाइम्ससँग भने । शनिबारको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीको पोजिसन दस्तावेजमा स्पष्ट पारिएको बताउनु भएको थियो । प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा एमसीसीबारे भनिएको छ, ‘एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेछ ।’ प्रचण्डको यो कुरा गोलमटोल र जता अर्थ लगाउन पनि मिल्ने भन्दै केन्द्रीय सदस्यहरुले प्रष्ट किटानी ब्याख्याको माग गरेका हुन ।
प्रचण्डको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै केन्द्रीय नेताहरूले एमसीसीबारे थप व्याख्या हुनुपर्ने बताएका छन । केन्द्रीय सदस्यहरुको यो अडानले प्रचण्ड तनावमा परेको ती नेताको भनाई छ । एमसीसीको बिरोध गरेर जाउँ अमेरिकी राजदुतलाई पारित गर्ने बचन दिएको र प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको पक्षमा भएको कारण कतै सत्ताबाटै बाहिरिनु पर्ने पो हो कि भन्ने चिन्ता प्रचण्डमा रहेको र पक्षमा बोल्दा बिगतमा रोकेर राखेको कारण जनताबीच नांगिने त्रासमा प्रचण्ड रहनुभएको हो । कार्यकर्ता र केन्द्रीय सदस्य एमसीसीको बिरोधमा रहेको तर आफू पक्षमा रहे पनि स्पष्ट बोल्न नसकेको अवस्थामा बैठकमै किटानी हुनुपर्ने अडान सवै नेताहरुले राखेपछि आफ्नैले पनि किन कुरा नबुझेको भन्दै प्रचण्ड तनावमा पर्नुभएको हो ।
‘सिएम (माओवादी नेताले प्रचण्डलाई गर्ने सम्बोधन) ठूलै तनावमा पर्नुभएको छ, एमसीसीका कारण सत्ता गठबन्धन नै धरापमा पो पर्ने हो कि भन्ने चिन्तामा उहाँ हुनुहुन्छ,’ प्रचण्ड निकट एक केन्द्रीय सदस्इले जनताटाइम्ससँग भने । उनका अनुसार प्रचण्ड केही बुँदा संशोधन गराएको जस्तो देखाएर एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्