जनता टाइम्स

३१ श्रावण २०७८, आईतवार १५:५०

कहाँ हरायो परमादेश सरकार ? के गर्दैछन ओली हुँदा कान टट्टाउन्जेल भट्याउन लगाउने सम्पादकहरू ?


काठमाडौं, साउन ३१ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित देश ल्याउने बिषयमा सरकारले बेवासत गरेको भन्दै कडा प्रश्न गर्नुभएको छ । तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहा रहेका नेपालीले माग गरिरहेको तर सरकार चुपचाप बसेको भन्दै एमाले नेता बाँस्कोटाले कहाँ हरायो भन्दै प्रश्न गर्नुभएको हो ।

‘तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहा रहेका नेपालीले माग गरिरहेका छन तर कहाँ हरायो परमादेश सरकार ? अनि के गर्दै छन ओली हुँदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कान टट्टाउन्जेल र आँखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने सम्पादकहरू ?’ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले भन्नुभएको छ । उहाँले कुनै बिलम्ब नगरी अफगानिस्तानमा रहेका नेपालीलाई तत्कालै सुरक्षित गराउन पनि सरकारसँग माग गर्नुभएको छ । ‘सरकारले नेपालीलाई तत्काल सुरक्षित फिर्ता गराओस,’ बाँस्कोटाले भन्नुभएको छ ।