काठमाडौं, साउन ३१ । बरिष्ठ पत्रकार भुषण दाहालले जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईलाई मुलुकको धरातलीय यथार्थ सम्झाउँदै चर्काे कुरा नगर्न सुझाउनु भएको छ । डाक्टर भट्टराईले अफगानिस्तानमा रहेका नेपालीको उद्धारको बिषयमा राख्नुभएको धारणाको जवाफ दिँदै चर्चित टेलिभिजन पत्रकारसमेत रहनुभएका दाहालले आफै सरकारमा रहेको यथार्थ बिर्सनुभयो भन्दै कडा जवाफ फर्काउनु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सत्तारुढ गठबन्धनका नेता जसपा भट्टराईले आज ट्वीट गर्दै लेख्नुभएको थियो, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन । पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुककदैनथ्यो । गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तुपरन्तु नहोस !’ भट्टराईको सो भनाईको जवाफमा दाहालले आफै सरकारमा रहेको र पहल गरे संभव हुने भन्दै जनतालाई बेवकुफ नठान्न सुझाउनु भएको छ ।
जवाफमा पत्रकार दाहालले लेख्नुभएको छ, ‘यहाँहरुले बनाएको द्वन्द्वग्रस्त नेपालमा पनि त नेपाली बसेकै थिए….काम गर्न जानु गलत होइन डासाब, त्यहाँ कार्यरत नेपालीलाई सुरक्षित फर्काउन सक्नुहुन्छ तपाईले नै, कोशिस गर्नु भयो भने… बिर्सनु भयो कि क्या हो ? अहिले त सरकारमा पो हुनुहुन्छ त ।’

डा. बाबुराम भट्टराई
अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल÷वहानावाजी गर्नुभएन । पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउककमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुककदैनथ्यो । गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तुपरन्तु नहोस !
भुषण दाहाल
यहाँहरुले बनाएको द्वन्द्वग्रस्त नेपालमा पनि त नेपाली बसेकै थिए….काम गर्न जानु गलत होइन डासाब, त्यहाँ कार्यरत नेपालीलाई सुरक्षित फर्काउन सक्नुहुन्छ तपाईले नै, कोशिस गर्नु भयो भने… बिर्सनु भयो कि क्या हो ? अहिले त सरकारमा पो हुनुहुन्छ त ।













प्रतिक्रिया दिनुहोस्