जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार १०:५२

अफगानिस्तानका नेपालीबारे बल्ल बोले प्रधानमन्त्री


काठमाडौं, साउन ३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा जोखिममा परेका नेपालीको उद्धारको बिषयमा बल्ल मुख खोल्नुभएको छ । अपगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्ने बिषयमा सरकारले केही नगरेको भन्दै चर्काे आलोचना भएपछि परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत धारणा राख्दै अफगानिस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्ने बताउनुभएको छ ।

अफगानिस्तानमा नेपालीको स्थिति बुझ्न आइतबारै निर्देशन दिइसकेको जानकारी गराउदै तत्काल उद्धारको पहल गरिने पनि प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको जानकारी गराउनुभएको छ । अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारको दायित्व नेपाल सरकारको रहेको उहाको भनाइ छ ।