जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार १४:२१

देउवा सरकारले हटायो प्रदेश–२ का प्रमुख झा, कांग्रेस केन्द्रीय सदस्य मिश्र सिफारिस


काठमाडौं, साउन ३२ । देउवा सरकारले प्रदेश–२ का प्रदेश प्रमुख राजेश झालाई हटाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा झालाई हटाएर महोत्तरी पिपराका हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य रहनुभएको मिश्रका बुबा रामनारायण मिश्र बीपी कोइराला नेतृत्वको २०१६ सालको मन्त्रिपरिषद्‌मा उद्योग वाणिज्यमन्त्री हुनुहुन्थ्यो । पछिल्लो समय राजनीतिमा सक्रिय नहुनुभएको मिश्रको परिवार नै राजनीतिमा लागेको थियो ।