जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार १४:४४

दुनियाँभर मादल बज्दा पनि नब्यूँझिने कस्तो सरकार : गोकुल बाँस्कोटा


काठमाडौं, साउन ३२ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकार उदासिन देखिएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै आपत्ति जनाउनुभयो ।

अफगानिस्तानको घटना के हो ? क्रान्ति हो कि प्रतिक्रान्ति हो? हिंसा हो ? आक्रमण हो कि प्रत्याक्रमण हो? हस्तक्षप र प्रतिहस्तक्षपका अनन्त शृंखलाहरुले थिलथिलो र खण्डहर भएको त्यहाँको जनताको सुख समृद्धि लोकतन्त्र आदिमाथिको समस्या हो? के हाम्रो देशको कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय र हाम्रो परराष्ट्रको कुनै दृष्टिकोण छैन? यस विषयमा सरकारले स्पष्ट पार्नका लागि रुलिङ होस् भन्ने माग गर्न चाहन्छौुं, उहाँले भन्नुभयो । उहाँले दुनियाँभर मादल बज्दा पनि नब्यूँझिएको आरोप लगाउनुभयो । ‘संकटमा परेका नेपालीले आफ्नो देश छ, आफ्नो देशमा सरकार छ भन्ने त्यहाँ रहेका नेपालीले थाहा पाएनन्,’ उहाँले भन्नुभयो , ‘अफगानिस्तानमा रहेका नागरिकको रक्षा हुनुपर्छ, तिनको फिर्तीको व्यवस्था हुनुपर्छ ।’