काठमाडौं, साउन ३२ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एक महिनामै सत्तारुढ गठबन्धनप्रतिको भ्रम तोडिएको बताउनु भएको छ । परमादेशबाट प्रधानमन्त्री नियुक्तिसँगै संसद पुनःस्थापना भएपनि सरकारले दुवै चलाउन नसकेको भट्टराईले ठोकुवा गर्नुभयो ।
‘आशा त थिएन तर जनता र केही मान्छेका बीचमा रहेको भ्रम आजबाट तोडियो,’ प्रमुख सचेतक भट्टराईले जनताटाइम्ससँग भन्नुभयो । एक महिनासम्म संसद चल्दा न कुनै विधेयक पास गर्न सकेको न कुनै अध्यादेशमाथि नै छलफल हुन सकेको भन्दै भट्टराईले संसदको जन्मदाता हुँ भन्नेहरुले जनतामा छरेको भ्रम अव तोडिएको ठोकुवा पनि गर्नुभयो । सरकारले आजै रातीदेखि दुवै सदनको अधिवेशन अन्त्य गरिसकेको छ ।
‘न एउटा विधेयक पास गरे, न एउटा अध्यादेशमा छलफल गरे, न कुनै एउटा विषयमा पनि कुराकानी हुन सकेन, खाली समवेदना मन्तव्य राखेर संसदको अधिवेशन चलाएर बन्द गरे, संसदको जन्मदाता नै हामी हौं झै गर्थे, संसद परमादेशबाट आयो पनि । तर न संसद चलाए न सरकार चलाए,’ प्रमुख सचेतक भट्टराईले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्