काठमाडौं, साउन ३२ । नेकपा एमालेले भावी रणनीति तय गर्न भोलि ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे संसदीय दलको बैठक बोलाएको छ । आज बालकोटमा स्थायी कमिटीका उपलब्ध नेताहरुको बैठकले भोलिका लागि दुवै बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य छबीलाल विश्वकर्माका अनुसार स्थायी कमिटी च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्नेछ ।बैठकमा वर्तमान् सरकारका काम कारबाही,सरकारले ल्याउन सक्ने विभिन्न अध्यादेशका बारेमा छलफल भएको छ ।
एमालेले राख्यो एकैदिन दुई ओटा बैठक स्थायी कमिटी ११ बजे, संसदीय दल तीन बजे













प्रतिक्रिया दिनुहोस्