काठमाडौं, भदौ १ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकारले ल्याएको अध्यादेश जनविरोधी र दलिय व्यवस्थाविरुद्ध रहेकाले आज प्रदर्शन गर्न लागिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जानकारी दिनुभयो ।
साँझ ५ बजे भृकुटीमण्डपबाट अनेरास्ववियुले विरोध जुलुस निकाल्ने उहाँले सुनाउनभयो । अध्यक्ष महरले विरोध जुलुसमा सहभागी हुन अनेरास्ववियुका विद्यार्थी नेताहरूलाई अपिल समेत गर्नुभएको छ । अनेरास्ववियुले देशैभरी विरोध गर्न मातहत जिल्ला कमिटिहरूलाई निर्देशनसमेत दिइसकेको छ ।














प्रतिक्रिया दिनुहोस्