जनता टाइम्स

२ भाद्र २०७८, बुधबार ११:५४

शीतल निवासमा बोलाएर राष्ट्रपतिले दिनुभयो भ्वाइस अफ नेपाल विजेता किरण गजमेरलाई बधाई


काठमाडौं, भदौ २ । गायन रियालिटी सो भ्वाइस अफ नेपाल विजेता किरण गजमेरलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिनुभएको छ । बुधबार बिहान शीतल निवासमा बोलाएर भण्डारीले उनको गायन करियरको सफलताको कामना समेत व्यक्त गर्नुभयो ।

‘राष्ट्रपतिले मलाई कार्यालयमा बोलाएर जुन सम्मान दिनुभयो यसले नेपालीभाषी भुटानीलाई खुशि तुल्याएको छ’ किरणले भन्नुभयो ‘उहाँसँगको छोटो भलाकुसारीले मलाई अझै काम गर्ने उत्साह मिलेको छ ।’किरण गतसाता गायन रियालिटी सो भ्वाइस अफ नेपालको विजेता बन्नुभएको थियो ।