जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १७:०६

एमाले फुट्यो, माधव नेपालको निवेदन निर्वाचन आयोगमा दर्ता


काठमाडौं, २ भदौ । नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधवकुमार नेपाल समूहका नेताहरु निर्वाचन आयोगमा पुग्नुभएको छ ।सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगतै एमाले फुटेको छ । वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा एमाले समाजवादी दर्ता गर्ने निर्णय गर्नुभएको थियो। त्यस अनुसार यो समूहका नेताहरु आयोग पुगेका छन् । नेकपा एमाले समाजवादीको संयोजकमा नेता नेपाल हुनुहुन्छ भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।