काठमाडौं, भदौ २ । एमालेबाट अलग भएर माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग जाँदा नेतृ रामकुमारी झाँक्रीले माधव नेपालको हात समातेर तानेपछि निकै रोचक दृष्य देखिएको छ ।
आयोगमा निवेदन दर्ता गर्न जाँदा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले हातले तान्दै माधव नेपाललाइ अघि बढाउनु भएपछि सामाजिक सञ्जालदेखि जताततै यस्को चर्चा भएको छ । भीडभाड रहेको र माधव उभिएर बसेपछि यताबाट भन्दै आफूले नेता नेपाललाई आयोगतिर लैजाँदा हात तानेको नेतृ झाँक्रीले बताउनु भयो ।
‘भिडभाड भएकोले माधव कमरेड दुविधामा पर्नुभयो, उभिएर बस्नुभयो, त्यही बेला यताबाट जाउँ भनेर मैले हात तानेको हो, त्यहीबेला फोटो खिचेछन,’ जनताटाइम्सको जिज्ञासामा झाँक्रीले भन्नुभयो । नेपाल समूहले आज निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको हो । नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको र चुनाव चिन्हबारे टुंगो नभएको झाक्रीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्