काठमाडौं, भदौ २ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपालको पदको तिर्सना मेट्न पार्टी विभाजन गरिएको बताउनु भएको छ । महासचिव पोखरेलले एमाले विभाजनको घटनाबाट कसैले बिचलित नहुन पनि आग्रह गर्नुभएको छ ।
१५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेपनि माधव नेपाललाई पदको तिर्सना नमेटिएकोले त्यसैको अभिव्यक्तिको रुपमा एउटा झुण्ड पार्टीबाट बाहिरिएको पोखरेलले बताउनुभयो । महासचिव पोखरेलले फुटको विगत सबैले देखे भोगेको हुनाले केही मानिसहरु पार्टीबाट बाहिरिँदैमा आत्तिनु नपर्ने बताउनुभयो ।
‘केही मानिसहरु कुण्ठा बोकेर पार्टीबाट बाहिरिदैमा धैर्यता नगुमाउन देश विदेशमा रहेका नेकपा एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई म हार्दिक अनुरोध गर्दछु,’ महासचिव नेपालले भन्नुभयो, ‘एमाले निश्चित सिद्धान्त र उद्धेश्य बोकेर अघि बढेको पार्टी हो । यो जनताबाट पटक पटक अनुमोदित भएको पार्टी हो । त्यसैले यो गतिशील पार्टीबाट कोही बाहिरिदैमा एमालेलाई ठूलो केही क्षति हुदैन ।’













प्रतिक्रिया दिनुहोस्