जनता टाइम्स

२ भदौ २०७८, बुधबार २२:४१

एमाले समाजवादीको केन्द्रीय सदस्य बनाइएका भानभुक्तले भने मेरो सहमति छैन


काठमाडौं, भदौ २ । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले आफू माधव नेपाल नेतृत्वको पार्टीमा सामेल नभएको बताउनुभएको छ । जोशीको नाम एमाले समाजवादीको केन्द्रीय सदस्यमा राखेर निर्वाचन आयोगमा पेश भएको छ । जोशीले बुधवार साँझ विज्ञप्ति जारी गर्दै आफू एमाले एकताको पक्षमा रहेको र सहमति नलिई नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा आपति जनाउनुभएको छ ।