काठमाडौँ, भदौ ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै जेल जीवन बिताएका झापाली नेता नरेश खरेलले माधव नेपालको पार्टीमा आफ्नो नाम राखेकोमा आपत्ती जनाउनुभएको छ ।‘माधव नेपालले पार्टी गठन गरेको पनि मलाइ थाहा छैन’ खरेलले भन्नुभयो ‘मलाई कसैले केन्द्रीय सदस्य बसौं भनेर सल्लाह गरेको पनि छैन ।’संविधान सभामा एमालेको तर्फबाट सदस्य रहनु भएका खरेल झापाको विर्तामोड निवासी हुनुहुन्छ । उहाँ विगतमा एमालेको पोलिटव्यूरो सदस्य हुनुहुन्थ्यो । खरेल पत्नी पवित्रा झापा क्षेत्र नं २ बाट संघीय संसद हुनुहुन्छ ।खरेलको नाम माधव नेपालले आज एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा राख्नुभएको थियो ।
म माधवको पार्टीमा छैन – नेता खरेल













प्रतिक्रिया दिनुहोस्