जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार १८:४०

प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश


काठमाडौं, भदौ ३ । सरकारले नेपाली सेनाका कायममुकामय प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ मा अवकास पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।