काठमाडौं, भदौ ३ । नेकपा एमाले रामेछापका नेता एवं बाग्मती प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले माधबकुमार नेपालको साथ छोड्नुभएको छ । नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) बनाएपछि असन्तुष्ट रहनुभएको उहाँले नेपालको साथ छोड्दै एमालेमा रहेको बताउनुभयो ।
अष्टलक्ष्मी शाक्यलाई एमाले बागमती प्रदेशको दलको नेता र मुख्यमन्त्री बनाउन भूमिका खेल्नुभएको उहाँले एकतावद्ध एमालेका लागि पार्टीभित्र संघर्ष हुनु स्वभाविक भएपनि विभाजनकै बाटोमा अगाडी बढ्नु गलत भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेको विवाद पार्टी भित्रै बहस, छलफल गरेर समाधान गर्नुपर्थ्यो तर दुर्भाग्य भन्नुपर्छ नेताहरु विभाजनको बाटोमा लाग्नुभयो, यो सरासर गलत हो, गलत बाटोमा म छैन ।’ पौडेल नेपाल समुहले गठन गरेको समानान्तर रामेछाप जिल्ला कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । एमाले र माओवादी एकतापूर्व पनि पौडेल पार्टीको निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्