काठमाडौं, भदौ ४ । आजबाट लगानीकर्ताले मेरोशेयरको पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अन्त्य भएको छ। केन्द्रिय निक्षेप प्रणाली सिडीएससीले लगानीकर्तालाई नै पासवर्ड रिसेट गर्ने विकल्प दिएको हो । यससंगै आजदेखि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट लिंक प्राप्त गरि पासवर्ड परिवर्तन गर्ने सक्ने भएका हुन् ।
यसअघि पासवर्ड बिर्सिएको खण्डमा सिडीएसले १०० पटक कोसिश गर्न सक्ने विकल्प दिएकोमा अब भने सिडीएसले ‘फरगट पासवर्ड’को विकल्प दिएको हो । पासवर्ड बिर्सिएमा रिसेट लिंक मगाएर लगानीकर्ताले नै पासवर्ड रिसेट गर्न सकिने व्यवस्था सिडीएसले गर्न लागेको हो ।
यसरी गर्न सकिन्छ रिसेट
- मेरोशेयर खोलेर Forgot your password? मा क्लिक गर्ने
- निक्षेप सदस्य, युजर नेम, इमेल आइडी र जन्ममिति राखेर क्लिक सेन्ड बटनमा क्लिक गर्ने
- राखेको जानकारी हुबहु मिलेमा”New password has been sent to your email” भन्ने म्यासेज आउछ , र हुबहु नमिलेमा “The information you have provided doesn’t match with the registered information”भन्ने संदेश आउछ
- जानकारी मिलेको भए इमेलमा नयाँ पासवर्ड आउने छ
- धेरै पटक पासवर्ड रिसेट गर्ने कोशिस गरेमा”Maximum forgot password attemped” भन्ने संदेश आउछ र यस्तो भएमा अर्को दिन मात्र फेरी कोशिस गर्न पाइने छ
यसअघि पासवर्ड बिर्सिंदा आफ्नो डिपी अर्थात् जहाँ खाता खोलेको हो, त्यहाँ सम्पर्क गरेर पासवर्ड रिसेट गर्ने लिंक मगाउने पर्ने बाध्यता थियो । डिपी कार्यालय समयमा मात्र खुल्ने भएकोले कार्यालय समयमा बाहेक लगानीकर्ताले पासवर्ड रिसेट गर्न सक्ने विकल्प थिएन ।













प्रतिक्रिया दिनुहोस्