काठमाडौं, भदौ ४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । एनआरएनए सम्मेलनका लागि शुक्रवार आयोजक समिति गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि समावेश रहेका छन ।
प्रत्येक दुई वर्षको अन्तरालमा नेपालमा आयोजना हुने गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन २०७६ असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो । दशौं सम्मेलन आगामी कार्तिक ६ गतेदेखि ८ गतेसम्म हुँदैछ । नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्