जनता टाइम्स

२ असार २०७६, सोमबार १८:१८

प्रधानमन्त्री माताहतमा आएपछि राजस्व अनुसन्धान विभागको सक्रियता, ७ सय फर्महरु छानविनमा


काठमाडौं,

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय माताहतमा आएपछि उल्लेख्य प्रगति गरेको छ । केपी ओली सरकारले विभागलाई आफुमातहत ल्याएपछि राजस्व चुहावट अनुसन्धानमा प्रगति गरेको तथ्याङ्कले देखाएको छ ।

विभागले २०७६ जेठ मसान्त सम्म राजस्व चुहावटका ८१ कसुरमा अनुसन्धान सम्पन्न गरि मुद्दा दायर गरेको छ ।राजस्व चुहावटको कसुरमा २३८ व्यक्तिहरु उपर विगो र जरिवाना वापत रु १८ अर्व ३२ करोड एवं ३ वर्ष सम्मको माग दावी गरिएको जानकारी दिएको छ ।

त्यस्तै विदेशी विनिमय अपचलन तथा अवैध कारोबारमा ६४ वटा मुद्धामा संलग्न १०४ जनालाई विदेशी विनिमय अपचलन तथा हुण्डी कसुरमा ५ अर्व ११ करोड विगो कायम गरी विगो तेब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद मागदावी सहित मुद्दा दायर गरिएको विभागमा महानिर्देशक दिर्घराज मैनालीले बताउनु भयो ।

उहाँले नक्कली भ्याटविल जारी गरि राजस्व छलिगर्ने ७ सय ओटा फम परिचान गरिएको बताउनु भएको छ । उहाँले भन्नुभयो ‘७ सय फम मध्ये ५६ ओटामा अनुसन्धान शुरु भैसकेको छ। यी फर्महरुले ४ अर्व भन्दा राजस्व छलिगरेको अनुमान गरिएको छ।’ अनुसन्धान तिब्र हुँदा स्वच्छिकरुपमा करमा सहभागिता बढेको  बताउनु भएको छ ।