काठमाडौं, भदौ ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले नेपाली कांग्रेसले तीन, चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने दाबी गर्नुभएको हो ।
अध्यक्ष जबराले एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचनासमेत गर्नुभयो। जबराले भन्नुभयो– ‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेको । त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो । दुवै ठुला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो । अर्को ठुला पार्टीले मलाई लाग्छ तिन, चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन ।’ भन्नुभयो – ‘महाधिवेशन सिद्ध गरी महाधिवेशनबाट उत्पन्न भएको दह्रो राष्ट्रिय प्रजातन्त्र पार्टी जसमा धेरै नयाँ प्रवेशीहरु आइसकेका हुन्छन्, त्यो बखत राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो झण्डा फर्फराएर हिन्दुत्व, राजसंस्था लगायत मुलुकको प्रगतिको लागि अगाडी बढ्छ ।’ अध्यक्ष जबराले आफुहरुले मुलुकलाई सुशासन दिने पनि उल्लेख गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्