खोटाङ, भदौ ५ । खोटाङको कोपिलासगढी गाउँपालिकाको एउटै वडामा कांग्रेस र माओवादीका हस्तीहरु नै नेकपा एमाले प्रवेश गरेका छन । शनिवार आयोजित कार्यक्रममा नवप्रवेसी नेताहरुलाई एमाले नेता बिशाल भट्टराईले पार्टीमा स्वागत गर्नुभएको छ ।
प्रवेश गर्नेमा पालिकाका उपसभापति, पार्टी कमिटीका दुई जना सचिव,वडास्तरीय कमिटीका सचिव रहेको नेता भट्टराईले जानकारी दिनुभयो । नवप्रवेसीहरुले एमालेबाहेक अन्य पार्टीबाट मुलुकको परिवर्तन संभव नरहेको तथ्य प्रमाणित भइसकेकोले आफूहरु पार्टी त्यागेर एमालेमा समावेश भएको बताउनु भएको छ ।
कार्यक्रममा नेता भटेटराईले अव सवै नेपाली जनताले एमालेलाई रोज्नुको बिकल्प नरहेको बताउनु भएको छ ।















प्रतिक्रिया दिनुहोस्