काठमाडौ, भदौ ६ । नेकपा मालेका महासचिव सिपी मैनालीले माधव नेपालको बिषयमा मुख खोल्दै एमाले विभाजनको भित्री रहष्य खोल्नुभएको छ । माधव नेपालकै कारण एमाले छाडेर माले गठन गर्नुपरेको बिगतको इतिहास कोट्याउँदै मैनालीले एमाले विभाजन हुनुका पछाडि बहुआयामिक कारणहरुबारे खुलस्त पार्नुभएको हो ।
एक टेलिभिजन अन्तर्वार्तामा माले महासचिव मैनालीले माधव कुमार नेपाल इण्डो पश्चिमा शक्तिको भरिया भएर एमाले विभाजन गराएको तथ्यले प्रमाणित गरेको बताउनु भयो । अहिलेको सत्ता गठबन्धन इण्डो पश्चिमाको आडमा बनेको भन्दै मैनालीले माधव नेपाल पनि त्यसको एक हिस्सेदार भएको बताउनुभयो । केपी ओलीले आफ्नो मिसनमा साथ नदिने बुझेपछि ओलीलाई ढलाएर इण्डो पश्चिमा शक्तिले नै अहिलेको सरकार बनाएको ठोकुवा गर्दै माले महासचिव मैनालीले माधव नेपाल पनि पश्चिमाको मिसनमा समावेश भएको बताउनु भएको छ । माधव नेपाल त्यो शक्तिसँग फसिसकेका कारण एमाले विभाजन गराएको उहाँको ठम्याइ छ ।
‘मालिकको आदेश नै त्यहि भए पछि पार्टी विभाजन गर्नुको अर्को उपाय नेपालसँग देखिएन,’ मैनालीले भन्नुभयो, ‘हिजो नेपाललाई साथ दिँदै आएका गतिला नेताहरु पछिल्लो समय कसैले साथ नदिँदा पनि माधवले के खान पार्टी फुटाए त ? प्रश्न उठ्छी की उठ्दैनन ? यसबाट पनि माधव नेपालको बाट संचालित छन् भन्ने पुष्टि हुन्छ ’ पार्टीका नेता कार्यकता कसैले पनि पार्टी विभाजन गर्न नहुने भन्दा भन्दै अन्यन्तै सानो टिम लिएर पनि पार्टी विभाजन गर्ने जोखिम माधव नेपालले किन उठाए ? उनलाई पार्टीनै विभानज गर्नु पर्ने व्याध्यता के हो ? यसबाट पनि बुझ्न सकिन्छ नी उनी अन्त कतैको दवावमा छन ।’
नेकपा हुँदा नै प्रचण्डले केपी ओली विरुद्ध ल्याएको १९ पन्ने आरोप पत्र देखि नै पार्टी विभाजनको रुपरेखा कोरिएको भन्दै महासचिव मैनालीले ओलीलाई सिध्याउँन प्रचण्ड र माधव नेपाल विदेशीको मतियार भएको बताउनुभयो। त्यस बेलादेखि नै अब यिनीहरु सँगै बस्दैनन् जस्तो आफुलाई लागेको पनि उहाँले बताउनुभयो । २०३९ सालको प्रसंग सम्झँदै माले महासचिव मैनालीले त्यसबेला आफुलाई हुँदै नभएको आरोप लगाउँदै कहिल्यै उठ्न नसक्ने गरी थला पार्ने अपराधको नेतृत्व माधव नेपालले नै गरेको र अहिले केपीलाई पनि सोही किसीमले सिध्याउँने खेलमा माधव लागेको बताउनुभयो । ‘०३९ सालमा मलाई सिध्याउने माधव नेपाल अहिले आफै सकिए, मैनलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्