जनता टाइम्स

७ भाद्र २०७८, सोमबार ०८:२८

पोखराको मुटु महेन्द्र पुल नजिकैको सडक भासियो


कास्की, भदौ ७ । पोखराको मुटु भनेर चिनिने महेन्द्रपुल भासिएको छ । महेन्द्रपुलको गरिमा बिकास बैँक अगाडिको सडक भासिएको हो । सडक भासिदा स्थानीयमा त्रास पैदा भएको छ । सडकमा भ्वाङ परेपछि महेन्द्रपुल आसपासका मानिस त्रसित बनेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालका अनुसार ५ मिटर जति सडक भासिएको हो । वर्षाका कारण भासिएको जनाउँदै उहाँले कुनै दुर्घटना नहोस भनेर अहिले त्यहाँ प्रहरी राखिएको जानकारी दिनुभयो ।