काठमाडौँ, भदौ ७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विभाजन गरेर नयाँ दल दर्ता प्रक्रियामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई पार्टीमै फर्कन आग्रह गर्नुभएको छ । आज अध्यक्ष केपी ओलीसँग भएको नेताहरुको छलफलपछि प्रतिक्रिया दिनेक्रममा भट्टराईले पार्टी विभाजनको पक्षमा जान नसकिने बताउनुभएको हो । उहाँले विभाजनको पक्षमा नजान सबैलाई आग्रह समेत गर्नुभयो । त्यस्तै उहाँले अहिले पार्टी विभाजन गरेर गएकाहरुलाई फर्कन आग्रह गर्दै भने, ‘पार्टीमा फर्किए कसैमाथि अन्याय हुँदैन ।’पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र सोही अनुसारको जिम्मेवारी बाँडफाँट हुने पनि बताउनुभयो । पार्टीलाई २०७५ जेठ २ को अवस्थामा कसरी फर्काउने भन्ने विषयमा भोलि ११ बजे बस्ने स्थायी कमिटीले टुंगो लगाउने उनको दाबी छ । त्यस्तै असार २७ गतेको छलफल पछि कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनको विषयमा पनि भोलिको बैठकमा छलफल हुने बताइएको छ ।
विभाजनको पक्षमा जान सकिँदैन, पार्टीमा फर्किए कसैमाथि अन्याय हुँदैन : योगेश भट्टराई













प्रतिक्रिया दिनुहोस्