काठमाडौँ, भदौ ७ । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा सांसदहरु चन्द्रागिरी रिशोर्टमा लगेर थुनिएको घटनालाई पूर्वमन्त्री गोकुल बाँस्कोटाले निकै कठोर रुपम ाप्रहार गर्नुभएको छ । माधव नेपालमा इमान सकिएको संकेतसहित बाँस्कोटाले कडा दनक दिनुभएको हो ।
उहाँले माधवले सांसद र केन्द्रीय सदस्यलाई रिशोर्टमा लगेर थुनेको विषयमा कडा शब्दमा ब्यंग्य गर्नुभएको छ । माधवकुमार नेपालले आफूनिकट सांसद तथा नेतालाई चन्द्रागिरी हिल्स रिसोर्टमा राख्न लगेपछि उहाँले ब्यंग्य गर्नुभएको हो । यो विषयलाई व्यंग्य गर्दै बास्कोटाले भन्नुभएको छ, ‘कस्ता हाँडीघोप्टे रैछन ।’ ट्वीटरमा उहाँले लेख्नुभएको छ , ‘मलाई पनि चन्द्रागीरी जाम–जाम लाग्याथ्यो निम्तै दिएनन् । कस्ता हांडीघोप्टे रेछन, बाक्लो दाल खादा पनि लुकेर खाने ? भो आफू त गहतकै झोल खाईन्छ। किड्नीलाई राम्रो गर्छ रे ।














प्रतिक्रिया दिनुहोस्