जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार ११:३९

प्रियंका हत्या घटनाका अभियुक्त सार्वजनिक


सर्लाही, ८ भदौ । प्रियंका भुजेल हत्या घटनामा संलग्न भनिएका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्नको आरोपमा लालबन्दी नगरपालिका–१७ का अनिष दहाल र कृष्ण साहलाई सार्वजनिक गरेको हो । भुजेल ३१ साउनदेखि बेपत्ता थिइन् ।

प्रहरीले ती युवाहरूलाई १ भदौमा पक्राउ गरेपछि उनीहरूकै बयानका आधारमा युवतीको शव २ भदौमा सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोलाको बगरमा फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धान र बयानबाट प्रियंकाको हत्या ती युवाहरूले नै गरेको खुलेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपी संतोषसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पक्राउ परेकालाई सोमबार दोस्रो पटक म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी राठौरले बताउनुभयो ।