काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापति पार्टी मुख्यालय सानेपामा धर्ना बसेका छन् । आजै क्रियाशील सदस्यता विवाद समाधानको प्रतिवेदन सभापति देउवा र नेता पौडेलले बुझिसकेका छन् तैपनि अझै धाँधली भएको भन्दै उनिहरु सानेपामा धर्ना बसेका हुन् । आजबाट धर्नामा बसेका उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँधली भएकोलगायतका विभिन्न माग राखेका छन् ।
क्रियाशील सदस्यतामा विवाद रहेका कारण महाधिवेशन धकेलिएको भएपनि विवाद समाधान गर्नका यसअघि छानविन समिति समेत कांग्रेसले बनाएको थियो । यस विवाद टुंग्याउन पूर्वमहामन्त्री कृष्ण सिटौलासहित केन्द्रीय सदस्यद्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको र उक्त प्रतिवेदन समेत बुझाइसकिएको छ ।
उक्त प्रतिवेदनमा भने केही क्षेत्र र वडामा नयाँ सदस्यता वितरण स्थगन गरि १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताको आधारमा अधिवेशन हुने भएको छ । क्रियाशील सदस्यताबारे विवाद सबैभन्दा धेरै प्रदेश नम्बर २ को बारा र सप्तरीमा देखिएको थियो । त्यस्तै कांग्रेसले प्रदेश १ मा आनन्द ढुंगाना, प्रदेश २ मा जीवन परियार, वागमती र गण्डकी प्रदेशमा प्रदीप पौडेल र श्याम घिमिरेलाई तोकिएको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्