काठमाडौं, भदौ ८ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याइएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
हाल जारी रहेको निषेधाज्ञा आजसम्म रहेको थियो यसलाई नै निरन्तरता दिँदै थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार अब राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन पाइने भएको छ । उहाँले भन्नुभयो, ‘पुरानै मोडालिटीमा निषेधाज्ञा थपिएको हो तर अब ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनलाई कोभिड प्रोटोकल पालना गरेर चलाउने आदेश भएको छ ।’













प्रतिक्रिया दिनुहोस्