जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार १७:४४

अध्यक्ष ओलीद्वारा मुख्यमन्त्री शाक्यलाई बधाई, अरूलाई स्वागत


काठमाडौं, भदौ ८ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको मुख्यमन्त्री बनेकोमा अष्टलक्ष्मी शाक्यलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिनुभएको हो । ‘पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई बधाई छ अरू साथीहरूलाई स्वागत छ,’ ओलीले शाक्यको प्रशंसा गर्दै भन्नुभयो । शाक्य भदौ २ गते बागमतीको मुख्यमन्त्री बन्नुभएको थियो । शाक्यसहितका एमाले तेस्रो धारका नेताहरू आजको एमाले बैठकमा सहभागी हुनुहुन्छ । ओलीले माधव नेपाल समूह छाडेर आएका सदस्यहरूलाई बैठकमा स्वागत गर्नुभयो । १० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी छन् । सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो ।