काठमाडौं, भदौ ८ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले संसदीय अभ्यासको बर्खिलाप क्रियाकलाप गरेको आरोप लगाउनुभएको छ । नेकपा एमाले स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलनमा ज्ञवालीले सभामुखमाथि पूर्वाग्रहपूर्ण गतिविधि गरेको आरोप लगाउनुभएको हो । उहाँले विगतमा टोपबहादुर रायमाझी, लेखराज भट्टको सांसद सदस्य रिक्त गर्दा र अहिलेको व्यवस्था फरक गरेको बताउनुभयो । उहाँले भन्नुभो के देशमा दुईवटा कानुन हो ? कि सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्यो । सभामुखले कानुन नचिन्ने क्रियाकलाप गरेको समेत बताउनुभयो । १४ जना एमाले सांसदको पद रिक्त गर्न संसद सचिवालयमा दर्ता हुँदा समेत सभामुख सापकोटाले निर्णय नदिएपछि एमाले नेताहरु आक्रोशित छन् ।
सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्योः प्रदीप ज्ञवाली













प्रतिक्रिया दिनुहोस्