काठमाडौं, भदौ ९ । नेकपा (माओवादी) केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेरसहित कार्यविभाजन गरेको छ । माओवादी स्थायी कमिटी बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिपत्र जारी गर्दै कार्यविभाजन गर्नुभएको हो ।
सो अनुसार माओवादी प्रवक्तामा पूर्वसभामुख कृष्णबहादुर महरा चयन हुनुभएको छ । महराले राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि पाउनु भएको छ । यसअघि पार्टी प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज बनाइएको छ । स्कुल विभाग इन्चार्जमा भने अध्यक्ष प्रचण्ड आफैले राख्नुभएको छ । यस्तै प्रमुखमा गिरिराजमणि पोखरेललाई तोकिएको छ । अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुख र केन्द्रीय कार्यालय इन्चार्जमा वर्षमान पुन ल्याइएको छ ।
यस्तै कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर चयन हुनुभएको छ । माओवादीले उपत्यका समन्वय, सम्पर्क समिति पनि गठन गरेको छ ।













प्रतिक्रिया दिनुहोस्