जनता टाइम्स

९ भाद्र २०७८, बुधबार ११:२६

चन्द्रागिरीबाट टुरिस्ट बसमा राखेर माधवले निर्वाचन आयोग पुर्याए केन्द्रीय सदस्य र सांसद


काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु टुरिस्ट बस चढेर निर्वाचन आयोग पुग्नुभएको छ । हस्ताक्षर सनाखतका लागि नेपालसहितका नेताहरु चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सिधै निर्वाचन आयोग पुग्नुभएको हो ।

नेता प्रेम आलेका अनुसार ३२ जना सांसद र ५० जनाभन्दा बढी केन्द्रीय सदस्य विभाजनको पक्षमा उभिनुभएको छ । छुट्टाछुट्टै आउँदा हराउन सक्ने भन्दै माधवले टुरिष्ट बसमा राखेर सवै सदस्यलाई आयोग पुर्याउनु भएको हो ।