जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार ०८:०२

जाजरकोटको नलगाडबाट हतियारसहित एकजना पक्राउ


जाजरकोट , भदौ ११ । नलगाड नगरपालिकामा एक सातामै हतियारसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति नलगाड नगरपालिका १० कोटी सल्लाका ५६ वर्षीय मोहन विकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको डिएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा खटिएको प्रहरीले विकलाई पक्राउ गरेको हो । १५ थान गोलीसमेत फेला परेको प्रहरीको भनाइ छ । चार दिन अघि मात्र नलगाड नगरपालिका(८ मैदे र कुसेनीबाट दई जनालाई पक्राउ गरिएको थियो ।