जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १०:१५

युभेन्ट्स छाड्नेबारे सहकर्मीलाई रोनाल्डोको जानकारी, युभेन्टस–रोनाल्डो हाम्रो सर्तमा बेच्छौं


काठमाडौं, भदौ ११ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्न चाहेको कुरा युभेन्ट्सका सहकर्मी खेलाडीलाई जानकारी गराएका छन् । अन्तराष्ट्रिय मिडियाहरुले रोनाल्डोले युभेन्ट्सका सहकर्मी खेलाडीलाई क्लब छाड्नेबारे जानकारी गराएको जनाएका छन् । इटलीयन महारथी क्लब युभेन्टसले पोर्चुचि सुपरस्टार रोनाल्डो पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग जोडिएका छन् ।

स्टार स्ट्राइकर रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले रोनाल्डोको तलबबारे सिटीसँग कुराकानी गरिरहेको बताईएको छ । यता युभेन्ट्सलेसमेत रोनाल्डो बेच्ने तयारी गरेको बताएको छ । सिटीको आधिकारिक प्रस्तावको पर्खाइमा युभेन्ट्स रहेको बताईएको छ । पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो प्रिमियर लिग फर्कन तयार रहेको समेत जनाईएको छ ।

रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट २००३ देखि २००९ सम्म खेलेका थिए । रोनाल्डो २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । ३६ वर्षीय रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता एक वर्ष बाँकी छ । रोनाल्डोले गत सिजन ३३ सिरी ए लिगमा २९ गोल गरेका थिए ।