जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १३:२१

यसकारण आज पनि सुनुवाई नभई थन्कियो आफताव आलमको मुद्दा


काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा आज पनि सुनुवाइ भएन । पटक–पटक पेसी तोक्दै विभिन्न कारण देखाउँदै सुनुवाई हुन सकेको छैन । आन पनि उक्त मुद्दाको सुनुवाई नभई थन्किएको हो । विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम आज सुनुवाई हुन नसकेको हो ।

सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । रौतहटबाट प्रतिनिधिसभा निर्वाचनमा समेत विजयी भएका उनी पक्राउ परेपछि उनको सांसद पद निलम्बन गरिएको छ ।