जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार १४:००

कमेडियन खबपु दुर्घटनामा घाइते


नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल खबपु

काठमाडौं, भदौ ११ । हाँस्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेर घाइते हुनुभएको छ । हिजो साँझ ७ बजे स्कुटर दुर्घटना हुँदा उहाँ घाइते हुनुभएको हो । काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटनामा परेको उहाँको साथी नवराज थापाले जानकारी दिनुभयो ।

नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल खबपुलाई चोटपटक भने लागेको छ । साथी थापाले खबपुलाई अनुहार, हात र खुट्टामा सामान्य चोट लागेको सुनाउनुभयो । बेलुकी नै खबपु सामान्य उपचारपछि घर फर्किसक्नुभएको छ । स्कुटरको पनि सामान्य क्षति भएको बताइएको छ ।