धनकुटा, ११ भदौ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन् । वडाध्यक्षको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेका नेकपा एमाले धनकुटा जिल्ला सदस्य भोजबहादुर विश्वकर्मासहित तीन जनालाई स्थानीयले थुनेका हुन् ।
स्थानीय मेघराज खतिवडाकाअनुसार बिहीबार बेलुकी वडा कार्यालय भित्रबाट हल्ला आएपछि हेर्न जाँदा वडाध्यक्ष घिसिङको कार्यकक्षमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा ४ जना फेला परेका थिए। एमाले धनकुटाका जिल्ला कमिटी सदस्य हरि ओझा भन्नुभयो भागेको खतिवडाले बताउनुभयो । उहाँले विश्वकर्मासहित अन्य दुई जना स्थानीयले थुनेको जानकारी दिनुभयो । दुई जना स्थानीय एक विद्यालयको शिक्षक रहेको खतिवडाको भनाइ छ । शिक्षकको नाम भने उहाँले खुलाउनुभएन ।
वडाध्यक्ष घिसिङले घटनाबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो । आफूले यस विषयमा बुझेर मात्र प्रतिक्रिया दिने बताउनुभयो । खितवडाकाअनुसार स्थानीयले थुनेको तीन घण्टा पछि राति नै प्रहरीले उनीहरूलाई छोडेको छ । आजै गाउँपालिकामा छलफल गर्ने शर्तमा छोडिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्