ललितपुर, भदौ १२ । नेकपा एमालेभित्रको विद्रोह र अन्ततस्पार्टी विभाजनको समयमा तटस्थ बसेका ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उपमेयर निर्मला थापा माधवकुमार नेपालले छुट्टै पार्टी दर्ता गरेपछि एमालेमै खुल्नुभएको छ ।शनिबार एमालेका अध्यक्ष केपी ओली सहभागी पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको महालक्ष्मी नगरपालिका भेला कार्यक्रममा सहभागी हुँदै श्रेष्ठ र थापा एमालेमै रहेको सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी र निर्देशन कार्यान्वयन गर्नका लागि आफूहरु पार्टी प्रतिनिधिको तर्फबाट सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। आगामी निर्वाचनमा एमालेलाई देशैभर जिताउनका लागि अहम त्यागेर सबैले पार्टी र देश निर्माणमा लाग्न श्रेष्ठले आग्रह गर्नुभयो । साथै उहाँले सबैले ठुलो आन्दोलन र दुख गरेर ल्याएको पार्टी विभाजनमा लाग्न नहुने भएकाले आफु महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेबाटै निर्वाचित भएको कारण पार्टीलाई बचाउन,पार्टीको निर्देशन मान्न र विरासत बचाउनको लागि कुनै पक्षसँग सम्झौता नहुने बताउनुभयो ।
महालक्ष्मी नगरपालिकाका मेयर र उपमेयर एमालेमै













प्रतिक्रिया दिनुहोस्