जनता टाइम्स

१३ भदौ २०७८, आइतबार ०५:५७

यसकारण मोदीका कठपुतली हुन माधव-प्रचण्ड



नेपालको लय, गति, उन्नति र प्रगति विरुद्ध पनि केन्द्रित छ । यसरी यो गठजोडले एक तीर दूई शिरको नीति अवलम्वन गरिरहेको छ । २०४६ सालको जनआन्दोलनमा भारतीय सेना भित्र्याउन खोज्ने माधव नेपाल र विद्रोहीको खास्टो ओढेर खासमा उत्कर्षकालको नेपाली कांग्रेसविरुद्ध भारतको शरणमा पुगेर उसको भक्तियोगमा रहेका प्रचण्डको रगतमा भारतीय कुअन्नको प्रभाव छ । बेतिया थातथलो भएका माधवकुमार उपाध्यायको ‘नेपाल’ टाइटल जसको सिंङ छैन उसको नाम तिखेको पुनरावृत्ति मात्र हो । भनिन्छ, सुगौली सन्धीमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय नै माधव नेपालका पूर्वज थिए । उनीहरु भारतको बेतिया गएर बसे । पिताजी मंगलप्रसाद उपाध्याय, भाइहरु सरोज उपाध्याय र विनोद उपाध्याय तर जेठा भाइ तिलकप्रसाद उपाध्याय उर्फ माधवको नामान्तमा मात्र नेपाल किन ? प्रचण्डको जीवनको महत्वपूर्ण समय र टर्निङ पोइन्ट पनि भारतको नोयडामा उनले पाएको शरण नै हो

दयालबहादुर शाही

देशभक्त धुरी र दिल्लीभक्त धुरी भारतीय नाकाबन्दीपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा राष्ट्रियताको आन्दोलन उत्कर्षमा पुगेको छ । चालीस महिने शासनकालमा ओली सरकारले मातृभूमि नेपालको जीर्णेद्धार गरेको छ । देशभक्त, लोकतान्त्रिक, प्रगतिशील नेतृत्वले मात्र नेपालको राष्ट्रियताको जगेर्ना गर्छ भन्ने सच्चाईं एमालेको पछिल्लो सत्तारोहण यात्राले पुष्टि गरेको छ । छोटै समयमा नेपालको राष्ट्रिय गौरवको उत्थान भएको छ । नेपाली गौरवको उत्थान संभव छ भन्ने आशा मरिसकेको स्थितिबाट महाशक्तिको टाउको दुखाई, जलन र इष्र्याको विषय नेपाल र नेपाली बन्नु चानचुने छलाङ, प्रगति र उपलब्धि होइन । ओलीको उदयसँगै नेपालका मरिसककेका आशा र सपनाहरुको पुनरोदय भएको छ । देशलाई उभिनै पर्ने यही सही लिकमा उभ्याउन सक्नु नै राजनेता ओलीले दिएको अद्वितीय देन हो ।

नेपालका हरेक देशभक्त शासकदेखि रिसाउने र उनीहरुलाई ठेगान लगाइदिने भारतको कुलत छ तर यस उपमहाद्विपका आधुनिक चाणक्य ओलीको शब्दकोशमा हरेश, हार, डर र त्रास जस्ता शब्दहरु छैनन । बरु हाकाहाकी सिंहमेव जयते होइन, सत्यमेव जयते भन्दै महाशक्तिलाई समेत हायलकायल, निरुपाय र निरुत्तर पार्ने कला र बानी छ । नेपाललाई आफ्नो मेरुदण्ड उभिनु छ । नेपालले आफ्नो गति र लयसँग संझौता गर्नुछैन । यसका निमित्त आवश्यक पर्ने निम्नि लिखित ५ पक्षहरुको मौजुदी नै ओलीको अभेद्य रक्षकबच हो– (१) युग सापेक्ष नवीनतम विचार (२) सचेत, संगठित, साहसी, मेहनती र देशभक्त जनता (३) निर्लाेभी, निडर र निष्ठावान नेतृत्व (४) त्यस अनुकूलको विचार, जनाधार र सदाचारको व्यवस्थापन गर्न सक्ने सामथ्र्य र ईच्छाशक्ति भएको युग सुहाउदो राजनीतिक दल (५) मातृभूमिको साह्रो, गाह्रो, अफ्ठ्यारो मर्म, संवेदना बुझेर सत्पात्रहरुलाई चिन्न र थाम्न सक्ने तथा खलपात्रहरुलाई चिन्न र डाम्न सक्ने अमूल्य चेत भएको युवा पुस्ता ।

ओली विरासत नै केही वर्षयता नेपालले पाएको महत्वपूर्ण प्राप्ती हो । प्रचण्डको जालमा परेर गिरिजाप्रसाद कोइराला देशको मियोको भूमिकाबाट विस्थापन भएपछि नेपालका लोकतन्त्रवादीहरुको दिनगन्ती सुरु भैसकेको थियो । सौभाग्यवश लोकतन्त्रवादी शिविरले ओलीको कुशल र जादुगरी नेतृत्व पायो । सेनापति काण्डयता नेपाली जनता र ओलीको समन्ध बाघ र जंगल, बघिनी र डमरु वा भनौं पानी र माछाको जस्तो रहको छ । संविधान निर्माण, विकास निर्माण, समृद्धि अभियान, देशभक्ति र सास्कृतिक राष्ट्रवादसम्म फैलिएको ओली विरासतको रक्षा गर्नमै प्रचण्ड र माधवको सुन्दर भविष्य सुरक्षित थियो । शक्ति राष्ट्रले खेल्ने भनेकै कमजोर देशका कमजोर तन्तुनेर हो । देशभक्तिको दायित्वबाट प्रचण्ड र माधव पिठ फर्काएर भाग्नुमा ओलीको अग्लो कदप्रतिको जलन र भारतीय हस्तक्षेपकारी चलनले एकैसाथ काम पाएका छन । बाघले शिकार गर्दा मृगको झुण्डमा घाइते, कमजोरतिर नजर केन्द्रित गरेझै हस्तक्षेपकारी राष्ट्रका आँखा पनि निर्वल देशका कमजोर तन्तुतिर केन्द्रित रहने गर्छन । दिल्लीमुखी जुवामा कांग्रेस युगदेखि युगसम्म जोतिएकै थियो ।

कांग्रेसको जोडा बन्नलाई प्रचण्ड र माधवबीच उछिनपाछिन किन छ ? विश्व वामपन्थी आन्दोलनका गद्दार शिरोमणि मिखाइल सेर्गई गोर्वाचोभको रेकर्ड तोड्ने इरादाका साथ देशभक्त धुरीबाट बाहिरिएर दिल्लीभक्त धुरीमा सामेल भई ओलीविरोधी चक्रव्यूहमा प्रचण्ड र माधवको सामेली किन भयो ? उत्तर सरल छ, महाशक्तिको सामना चानचुने कुरा होइन । हिम्मत भएको सिंहले मात्र हात्तीमाथि हमला गर्ने हिम्मत राख्छ । बेलायत, चीन र रणजित सिंहकालीन पञ्जाव भारतसँग खाडो पखालेको नेपाली जाति भारतसामु सिक्किम र भुटानझै सरिसृप बाबियो हुन तयार छैन, सतिसालझै उभिन रुचाउँछ । देशभक्त र दलालहरुको जितहार चक्र जस्तै घुम्छ । अफगानिस्तानका तालिवानहरुले आफ्नो देशलाई तहसनहस पारेर मात्र रुस र अमेरिकालाई घँुडा टेकाए तर नेपालका बहुदलीय जनवादीहरुले देशलाई जोगाउँदै प्रत्येक्ष हस्तक्षेप भन्दा पनि घातक प्रकारको अप्रत्येक्ष हस्तक्षेप र सूक्ष्म व्यवस्थापन गर्न पल्केको भारतलाई घुँडा टेकाउने औकात राख्दछन । नाकाबन्दीको दृढतापूर्वक सामना गरे पनि राजा वीरेन्द्र र मरिचमान सिंहको जोडाले एकप्रकारले भारतसामु घुँडा टेक्नु परेको थियो । तर नेपालका सचेत जनता र साहसी प्रधानमन्त्रीका कारण २०७२ सालको नाकाबन्दी नेपालका दिल्लीमुखी दलाल र दिल्ली स्वयंका लागि महंगो साबित भयो । आज नाकाबन्दीको सन्दर्भ सकिएको छ । नाकाबन्दी सन्दर्भ सकिन सक्छ तर देशभक्ति सन्दर्भ सकिदैन । सजगता र चेत सदावहार कुरा हुन ।

प्रचण्ड र माधवलाई भारतले नेपालीको देशभक्तिरुपी सूर्य छोप्ने हत्केलाका रुपमा तयार पारेको छ । माधवको त बेतियाको धमिलो मुहान नै समस्याको पोको थियो । नेपालको सत्तामा पुग्न र टिक्न भारतको आशीर्वाद भए पुग्छ, नेपाली जनता केही पनि होइनन भन्ने विनाशकाले विपरीत बुद्धिले डेरा जमाएको कांग्रेसलाई उछिन्ने गरी प्रचण्डले आट गलाउनुमा चार वटा प्रमुख कारणले काम गरेका छन । पहिलो त प्रचण्डले रुकुम, रोल्पाबाट उठेको भनेर पेडा खाएको भ्रम छरे पनि नोयडा शरणको आलु खाएको वास्तविकता घाम जस्तै छर्लंग भैसकेको छ । दोश्रो, भारत वा चीनमध्ये एकको आश्रयमा रहेर अधिनायकवादी शासक बन्ने सपना सेनापति काण्डको बेला ध्वंस्त भएपछि प्रचण्डलाई आफ्नो औकात र हैसियतमा आएको गिरावटको स्वरुप मृग मार्ने सामथ्र्य गुमाएर फटिंग्रा छोपेर गुजारा चलाइरहेको जर्जर कायाको बुढो, रोगी र घाइते बाघको जस्तो रहेको राम्रैसँग थाह छ । तेश्रो कारण उनको परिवारिक महत्वाकांक्षमा परेको बज्रपात हो । उत्तर कोरियामा जस्तै सके देशभर नभए आफ्नो पार्टीमा किम राजतन्त्र जस्तै दाहाल वंशको अभ्यास गर्ने प्रचण्डको अतिरिक्त ईच्छा प्रकाश दाहालको मृत्युले गर्दा आफ्नो ढल्दो उमेर र बालक नातिको ग्याप भोग्न बाध्य छ । चौथो कारण हो प्रचण्डका आफ्नो प्रशंसा समूहको औकात, हैसियत र सामथ्र्यमा आएको गिरावट । अर्थात बहुदलीय जनवादीसामु पुस्ता पुस्ता र युगदेखि युगसम्मको टक्करमा आफ्नो समूहको सिप नचल्ने निष्कर्ष ।

जनताको बहुदलीय जनवाद जसले युवाहरुको हरेक पुस्तालाई माक्र्सवादको रचनात्मक प्रयोग र विकासको सही लिकमा उभिदै कुृष्णजस्तै निर्लोभी र निडर भएर खलपात्रमाथि कालदण्ड बन्ने, आफ्ना लागि कुनै अतिरिक्त चाहना नराखी बुद्ध जस्तै शान्ति प्रिय हुने, चाणक्य जस्तै देश, काल, परिस्थितिप्रति सजग, चतूर; जनताको शास्त्र शक्ति र शस्त्र शक्ति संगठित गर्न सिकाउने तथा जनताको शक्तिमा विश्वास गर्ने कला सिकाउँछ । बहुदलीय जनवादीहरुसँग जनताको आशीस थाप्तै अघि बढ्दै गर्ने जीवनशैली छ । जनतालाई बघिनी बनाएर आफू डमरु जस्तै सुरक्षित रहने कला भएका कारण बहुदलीय जनवादीहरु सामु नेपालमा दिल्लीमुखी त के दिल्ली स्वयंको पनि सिप नचलेको सिलसिला छ । यसरी भारतले नेपालमा भियतनाम युद्धको अमेरिका र अफगानिस्तानमाथिको हस्तक्षेपमा रुस र अमेरिकाले खानु परेको घनचक्कर भोग्नुको बिकल्प छैन ।

भारतले नेपालको प्रगतिमा बाधा हालेको छ । अस्थिरतामा मात्र नेपालको शक्ति ऐठन संभव छ । भारतले चाहेको अस्थिरता नेकपाको विघठन नगराई संभव थिएन । अस्थिरताको जरो उखेल्ने सामथ्र्य राख्ने भएकाले नै विघठित नेकपाको सर्वनाश मोदी प्रशासनको अर्जुनदृष्टिमा परेको थियो । तीन दशक माओवादीमा सर्वेसर्वा भैसकेका प्रचण्ड, त्यतिनै समयसम्म एमालेमा आलोपालो गरेर रजगज गरेका माधव नेपाल र झलनाथ खनाल, महत्वाकांक्ष र अधैर्यता यी तिनैमा भन्दा दोब्बर भए पनि आफ्नै अनेकन आत्मघाती फण्डाले गर्दा थचारिएका वामदेव गौतम रुपी कमजोर कडी चिन्न मोदी प्रशासनलाई समय लागेन । दूईतिहाई बहुमतको बलमा केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा स्थिर सरकार बनेपछि नै भारतेली शासक वर्ग निद्रा हराइसकेको थियो । नेपालको उन्नति, प्रगति, लय र गतिले भारतको शक्ति सन्तुलनमा पर्ने असरबारे भारतेली शासक वर्षसँधै सजग रहने भयो ।

वास्तवमा भारतको हालत उसको राष्ट्रिय पंक्षी मयुरको जस्तै छ । भनाई नै छ प्वाख हेरेर मयुर हास्छ, खुट्टा हेरेर मयुर रुन्छ । छिमेकीमाथिको थिचोमिचो, हप्कीदप्की र शान सौकत भारत रुपी मयुरको सबैलाई मख्ख पार्ने मनमोहक प्वाख हो भने चरम गरिबी र धनी गरिबबीचको खाडल उसको दारुण र निर्बल खुट्टा हुन । धनी गरिबबीचको यो खाडलको बास्तबिकता र यसको कारकतत्व भारतेली शासक वर्ग हो भन्ने सच्चाई तब मात्र आम भारतीय जनतासम्म पुग्नेछ जब नेपाल समृद्ध हुनेछ । युरोप, अमेरिका, मलेसिया बनेर भारतलाई खासै फरक पर्दैन तर आम भारतीयले आफै देख्न सक्ने गरी छिमेकी देशको द्रुत बिकास भयो भने भारतलाई हुल बाधर आउन रुचाउने संकटले लपेट्ने छन् । यसैले छिमेकीको प्रगतिमा जसरी पनि भाजो हाल्नै पर्ने भारतेली शासक वर्गलाई बाध्यता छ ।

नेपाल बनेपछि भारतको विखण्डन अवश्यम्भावी छ भने ओली सत्तामा रहिरहे वा फेरि आए भने पुष्पकमल दाहाल र माधवकुमार नेपालको सान्दर्भिकता रहने छैन । त्यसैले मोदी, माओवादी र माधवको गठजोडको जरो र बाध्यताको गाँठो यहानेर परेको छ । षडयन्त्र ओली र एमालेविरुद्ध मात्र लक्षित छैन । नेपालको लय, गति, उन्नति र प्रगति विरुद्ध पनि केन्द्रित छ । यसरी यो गठजोडले एक तीर दूई शिरको नीति अवलम्वन गरिरहेको छ । २०४६ सालको जनआन्दोलनमा भारतीय सेना भित्र्याउन खोज्ने माधव नेपाल र विद्रोहीको खास्टो ओढेर खासमा उत्कर्षकालको नेपाली कांग्रेसविरुद्ध भारतको शरणमा पुगेर उसको भक्तियोगमा रहेका प्रचण्डको रगतमा भारतीय कुअन्नको प्रभाव छ । बेतिया थातथलो भएका माधवकुमार उपाध्यायको ‘नेपाल’ टाइटल जसको सिंङ छैन उसको नाम तिखेको पुनरावृत्ति मात्र हो । भनिन्छ, सुगौली सन्धीमा हस्ताक्षर गर्ने चन्द्रशेखर उपाध्याय नै माधव नेपालका पूर्वज थिए । उनीहरु भारतको बेतिया गएर बसे । पिताजी मंगलप्रसाद उपाध्याय, भाइहरु सरोज उपाध्याय र विनोद उपाध्याय तर जेठा भाइ तिलकप्रसाद उपाध्याय उर्फ माधवको नामान्तमा मात्र नेपाल किन ? प्रचण्डको जीवनको महत्वपूर्ण समय र टर्निङ पोइन्ट पनि भारतको नोयडामा उनले पाएको शरण नै हो । नेपालका आन्द्राभुँडी भारतलाई बुझाउनकै निमित्त प्रचण्ड र माधवलाई भारतीय संस्थापनले युगदेखि युगसम्म कठपुतली बनाउदै र नचाउँदै आएको छ ।

यसो गर्नै पर्ने मोदी प्रशासनलाई बाध्यता छ । ओली नेतृत्वको नेपाल अल्पविकसित देशबाट विकासशील देशको स्तरमा चढेपछि भारतमा बहुसंख्यामा रहेका गरिव जनताको असन्तुष्टि विष्फोट हुने र त्यसलाई व्यवस्थापन भारतीय शासक बर्कत भन्दा बाहिर रहने निश्चित छ । किनकी भारतको गरिबी भयावह छ । धनी र गरिव बीचको खाडल कहालिलाग्दो भए पनि महाशक्ति बन्ने महत्वाकांक्ष पालेको देश पनि भारत नै हो । चतूर र सज्जनता बीचको खाडल बढी भएको मुलुक पनि भारत नै हो । अक्सफामको रिपोर्टअनुसार १ प्रतिशत भारतीय धनी वर्गसँग ७३ प्रतिशत सम्पत्ति छ । सन् १९९३ यताका २८ वर्षमा भारतको जनसंख्याको आधा हिस्सा अर्थात् ६७ करोड भारतीयको आर्थिक वृद्धि केबल १ प्रतिशत मात्र भयो । जनसंख्या बृद्धि भारतको अर्को गलगाड हो । एक अध्ययनअनुसार भारतको जनगणनाको मापन र सामथ्र्यमा नै गम्भीर संदेह छ । करिब २० करोड हाराहारीमा रहेका भारतीय भीख माग्ने, खातेहरु, सुकुम्बासी, फिरंगाहरु, मुस्लिमहरु, अल्पसंख्यक दलितहरु तथा आदिबासीहरु, अस्थायी रुपमा विदेश गएका, माफिया एजेन्टहरु आदि भारतका हरेक जनगणना छुट्ने गर्दछन् । अक्र्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभका अनुसार सन् २००९ मा भारतमा ४२ करोड जनता गरिब थिए ।

यही प्रतिवेदनले भन्छ, भारतको विहार, छत्तीसगढ, झारखण्ड, मध्यप्रदेश, उडिसा, राजस्थान, उत्तरप्रदेश गरी आठ वटा राज्यमा यति धेरै गरिब छन् कि जसका कारण विश्वमा सबैभन्दा गरिब भएका अफ्रिकाका २६ वटा मुलुकलाई भारत एक्लैले गरिबहरुको संख्याको हिसाबले उछिनेको छ । छिमेकी देशमा यस्तै जनसंख्या थोपरेर आफ्नो गलगाड घटाउन भारत हदै प्रकारका हकर्तमा उत्रन खप्पिस छ । हाल नेपालका तराईदेखि हिमालसम्मका बस्तीहरु प्रतिवर्ष भारतबाट भित्रिने यस्तै भारतीय मगन्ते, साधुसन्त, चोर, जादुवाल, जरिबुटि बेच्ने, नुनिया, हजाम, धुनिया, मोचीले ढाकिएका छन् । तराईका हरेक बस्तीहरुमा खुल्ला ठाउँमा, सडक किनारमा, नहर किनारामा, पुलपुलेसाका पेटीहरुमा पाल टासेर तथा छाप्रा बनाएर भारतीयहरु ओइरिएका छन । यसरी नियोजित रुपले भारतको बोझ नेपाललाई बोकाइएको छ । यिनको रेकर्ड नेपालको कुनै पनि प्रशासनिक निकायसँग छैन ।

जुन ओली सरकारले क्षणिक प्रकारकै सही राजनीतिक स्थिरताको पोषण पाएर लिम्पियाधुराको खोजिनीति गर्यो, त्यही ओली सरकार रहिरहने हो भने नेपालका अनेकौं छिद्रहरु टाल्न सक्छ भन्ने त्रासमा थियो मोदी प्रशासन । सन १९६२ मा चीनसँगको युद्धमा टिक्न नसकेर बहादुरीका साथ पिठ फर्काइ भागेको भारतीय सेनाबाट अकारण अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेख र कालापानीको खोजिनीति गर्ने र आँखामा आँखामा जुधाएर डिल गर्ने हिम्मत देखाउने ओली र ओली ब्राण्डका देशभक्तलाई सत्ताबाट मात्र होइन जनताको दिलबाट, सम्झनाबाट र सके त यस धरतीबाटै हटाउने साजिस भएको छ । ओली सरकार रहिरह्यो भने नेपालमा सिक्किमीकरण, फिँजीकरण र भुटानीकरणको भारतीय बहुआयामिक व्यूहनीति र गेमप्लानको भण्डाफोर हुने देखेर मोदी, माओवादी र माधवको एम क्यू गठजोड सक्रिय बन्यो र ओलीलाई सत्ताबाट हटाउन सफल भयो ।

नेपालको अस्थिरताको धमिलो पानीमा आफूप्रति कम्फरटेबल, कठपुतली एबं कमजोर शासकहरुलाई बल्छी र जाल बनाएर भारतले धेरै स्वार्थ पूरा गर्नु छ । गरिबी र बढ्दो जनसंख्याको बोझ थोपर्नु छ । नेसनल काउन्सिल अफ एप्लाइड इकोनमिक रिसर्च भारतको तथ्याङ्कले भन्छ, सन् २००९ मा २० लाख परिवारका २२ करोड भारतीय गरिबीको अन्तिम तहमा रहेका थिए । सोही समयमा नेपालमा त्यो तहका गरिबको संख्या ३० लाख मात्र थियो । यति भएर पनि नेपालको गरिबीको भारतीय पक्षले गर्ने विश्वव्यापी हल्लाखल्ला तथा विज्ञापन र आफ्नो असली अनुहार लुकाउनलाई गरेको ढाकछोप कला आफ्नो आङको भँैसी नदेख्ने अर्काको आङको जुम्रो देख्ने सरहको छ । सन् २००९ मा १७ हजार भारतीय किसानले गरिबीका कारण आत्महत्या गरे । कोरोनाको कारणले सबै रिपोर्ट नआए पनि गरिबको संख्या ४३ करोडबाट बढेर ६७ करोड पुग्दा अहिले स्थिति अझै भयावह बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा सयमा ४३ जना बालबालिका कुपोषित छन् । भारतमा करिब ५ करोड ७० लाख बालबालिकाहरु कुपोषणबाट ग्रस्त छन ।

भारत विश्वमा सबभन्दा बढी जनसंख्या भएको दोश्रो ठूलो देश हो । २२ अगस्ट सन् २०२१ को राष्ट्र संघीय डाटा अनुसार भारतको जनसंख्या १ अर्व ३८ करोड छ । नेपालको सिमाना जोडिएका पश्चिम बंगाल, बिहार उत्तरप्रदेश र युपीमा सन् २०१२ मा १० करोड घरबारविहीन, सुकुम्बासी, खाते, मगन्ते रहेका थिए । यो श्रमशून्य बोझपूर्ण जनसंख्याको अधिकतम हिस्सालाई नेपालमा स्थापित गराउन भारतीय व्युहनीतिमा नेपालको कम्फरटेबल कठपुतली झुण्डलाई प्रयोग गरिएको छ । भारतीय घुसपैठका कारण आफ्नै भूमिमा नेपाली जनताको रोजगार खोसिएको छ । यसको मारमा सानामसिना व्यापारी परेका छन् । नेपालमा भारतबाट आएर सिकर्मी ५० हजार, डकर्मी ९० हजार, हजाम १ लाख २० हजार, तरकारी र फलफूल विक्रेता ३ लाख ६५ हजार, कृषि श्रमिक ५ लाख गार्मेन्ट २८ हजार, ठेक्कापट्टा ८ हजार, पान पसल ८ हजार, जुत्ता सिलाउने मोची ६ हजार र अन्य १ लाख १७ हजार नेपालमा रोजगार गरी बसेका छन् । प्रश्न उठ्छ नेपाली पनि भारतमा रोजगारीमा छन् ।

भारतमा रोजगार गर्ने नेपालीको संख्या ५–६ लाख मात्र छ । भारतबाट नेपालमा रोजगार गर्ने र यहाँ आएर स्थायी रुपमा बसोबास गर्नेको संख्या ६५ लाख नाघिसकेको छ । २०२७ सालदेखि २०३६ सालमा नेपालमा तराईको वन व्यापक फडानी भएको थियो । त्यही मौका छोपी रअको सक्रियतामा युपी र बिहारका गरिब र भोका नाङ्गालाई नेपाली जमिन दिइएको थियो । कांग्रेस नेतालाई पञ्चायत कालमा र प्रचण्डलाई द्वन्द्वकालमा आश्रय दिएको मूल्य स्वरुप नेपाल घुसेका भारतीयलाई नागरिकता दिन २०६३ सालमा नागरिकता विधेयक पास गराइयो । तराईमा भारतीयलाई बहुसंख्यक बनाउने भारतीय रणनीतिलाई ओली सरकारले गठन गरेको भूमि आयोग तगारो बनेको थियो । आयोगको नेतृत्व मात्र फेर्नु पर्नेमा देवी ज्ञवाली आयोग नै विघठन गरेर कठपुतली कम्फरटेबल सरकारले भारतेली शासक वर्गको सेवा गरेको छ ।

हातहतिहारको होडबाजी र हस्तक्षेप भारतका बैशाखी हुन् । काश्मिर, लद्दाख, डोक्लान, जस्ता कम उब्जाऊ भूमि, नेपालको लिपुलेक, भुटानको डोक्लान, क्षेत्रमा सामरिक शक्ति देखाएर, नेपाल लगायतका छिमेकी देशमा अस्थिरता ल्याएर, सत्तापलटमा कलापूर्णढंगले होमिएर तथा त्यहाँ कठपुतलीलाई टिकाउन पैँसाको खोलो बगाएर, निर्वल, दयनीय वाक्पटु र रणनीतिमा इतिहासमै कमजोर प्रतिपक्षबाट चुनावी लाभ उठाएर मोदी प्रशासन जमे जस्तो देखिए पनि भारतीय गरिबका लागि तारनहार बन्न सकेको छैन । यसकारण जनताको ध्यान अन्यत्रै मोड्नु पर्ने मोदीसँग बाध्यता छ । कुनै बेला कांग्रेसजनका लागि कालदण्ड मानिने प्रचण्ड र एमालेमा सीमाहीन शक्ति अभ्यास गरेका माधव नेपाललाई आज देउबाको चरणचुम्बन गरेर पनि ओलीमाथि बदला लिनु थियो । त्यसैले के खाउँ भन्छ ओढार, कहा जाउँ बतास शैलीमा एम क्यु कनेक्सन संभव भयो । यो गठजोडको सबैभन्दा ठूलो कृत्य नेपाली जनताको चेतनासँग जिस्कनु हो । नाकाबन्दी विफल पारेकोमा नेपाली जनतालाई बदला लिने दाउमा रहेको भारतले प्रचण्ड र माधवमा लगानी ओइर्याएको छ ।

बिगतमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउबाले मध्यावधि घोषण गर्दा प्रतिगमन नहुने यसपटक चुनावको घोषणादेखि अदालतको आदेशसम्मको मौन अवधि पनि प्रतिगमन हुने कसरी ? अदालतको निर्णय नै प्रभावित पार्ने गरी भएका प्रदर्शन, रक्तभोगी आन्दोलन र त्यहाँ खर्चिएको अपारदर्शी रकम जनताको अदालत, जनताको सर्वाच्चता, जनताको परीक्षकीय भूमिका माथिको अपमान र अनादर हो । जनतामा भन्दा विदेशी प्रभुको भर पर्ने प्रचण्डको विनाशकाले विपरीत बुद्धि उनको भावभंगीमा देख्न सकिन्छ । नेपाली जनतालाई गाली गर्न निन्दावर्षाको आड लिन र भारतीय प्रभु रिझाउन सरस्वती पुर्याउन धक नमान्ने एक मात्र नेता पनि प्रचण्ड नै हुन् ।

नेपाली जति मेहनती जनता विश्वमा कहीँ पनि नभएकाले विश्व श्रम बजारमा नेपालीको इज्जत छ । प्रचण्ड भने अफिमको नशामा परेको क्रान्ति अघिको चीनको अवस्थाबारे माओको भनाई पैचो लिदै उहिलेको चीनमा आएको पानी हेरेर नेपालमा अहिले छाता ओढ्ने गल्ती गर्दै आफ्नो पार्टी सुकाइदिएको झोक पाख्तै जनतालाई गाली गर्छन्– “म त हामी नेतामा होइन, समस्या जनतामा देख्छु । तपाईहरु जनता अल्छी, तपाईहरु कामचोर, तपाईहरु लोभी । तपाईहरु पापी जस्तो । यसो भएपछि कसरी हुन्छ देशको प्रगति ।” भारतेली शासक वर्गको स्तुतिमा रचिएको प्रचण्डको कम्फरटेबल साहित्यमा भने सारा भक्तिरस, लालित्य र सरस्वतीमाथि एकाधिकार जमाउने प्रयास गरिएको छ । भारतसँग हाम्रो सामाजिक, ऐतिहासिक, साँस्कृतिक, आर्थिक, नदीहरुको वहाब सबै कारणले निकटता छ र ओलीलाई सत्ताच्युत पारेर काग्रेस, माओवादी, मधेसवादी र माधव खेमा सहितको गठबन्धन भारतका लागि कम्फरटेबल हुन्छ भनेर जुन साहित्य फुर्यो, त्यो साहित्य प्रचण्डको छद्म भारतभक्ति युगको अन्त्य भएर खुलमखुला भारतभक्ति युगको सुरुवातको कोसेढुंगा हो ।

नाकाबन्दी कार्डलाई म्याद सकिएको औषधी सरह पार्न इतिहासले सचेत जनता र साहसी प्रधानमन्त्रीको उदय र उपस्थिति खोजिरहेको थियो । ओली नेतृत्वको नेपाल र नेपालीले भारतीय नाकाबन्दीको धामसलाई रद्दीको टोकरीमा मिल्काइदिएको बदला स्वरुप कठपुतली कार्डको प्रयोगमा भारत उत्रिएको छ । यस मोदी, माओवादी र माधव गठजोडको अन्तिम परिणति प्रचण्डबाट माधव ठगिनु, कांग्रेसवाट वामपन्थी ठगिनु र भारतबाट नेपाल ठगिनु हुनेछ । पञ्चतन्त्रको कथामा ठगिएकी बेश्याको कथा छ । धनाढ्य बुढो लोग्नेकी जवान श्रीमति तरुनो नोकरसँग घरको धनमाल चोरेर अँधरी रातको मौका छोपेर भाग्छे । ऐश आराम, भोगविलाश र रसिकता भन्दा धन कमाउने दाउमा रहेको नोकर एक डाँका परेछ । डाँका तरुनी आइमाईका गहनापात, धनमाल राखिएको बाकस र पहिरिएका मूल्यवान लुगा कपडा खोसेर बाटो लाग्छ । तरुनो लोग्नेसँग झकास जिन्दगी बिताउने लोभले डाँकाको फन्दा परेकी आइमाई रातको समयमा अघोर जंगलमा अलपत्र पर्छे ।

प्रचण्डको सुम्सुम्याएर सिध्याउने ब्वाँसेनीतिको फन्दामा परेर माधव नेपालले आफुसहित एमालेलाई २०६४ सालमा ठगिएकी बेश्याको हालतमा पारेको धेरै भएको छैन । एमालेको दियोको तेल सकिएको रहेनछ । जनताको अनुकम्पा र युवापुस्ताको सौर्यका कारण एमालेले पुनर्जीवन पायो । यसमा खासै मेहनत नपरेकोमा माधव नेपालमा भरपूर कुण्ठा थियो । ओलीको साहसी नेतृत्वमा रहँदा एमाले देखाएको जादु भनेकै प्रचण्डको आकार र ओझ घटाइदिनु हो । कांग्रेसको ज्यान लिने कालदण्डबाट प्रचण्डलाई देउबाको दर्बानको तहमा ओर्लन बाध्य पार्नु चानचुने चमत्कार होइन । ओलीको नेतृत्वमा नेपालको राष्ट्रिय गौरबको उत्थान भएकोमा नरुचेर विरोधी गठबन्धन मोदी शरण गच्छामीको तहमा उत्रिएको छ । कठपुतली गठबन्धन मातृभूमिलाई ठगिएकी बेश्याको हातलमा पुगाउन तन, मन र बचनले लागिपरेका छन् । जनताको चेतनासँग गरेको यो हँसिमजाक सत्तारुढ गठबन्धनले आफ्नै लागि खनेको चिहान हो ।