जनता टाइम्स

१३ भदौ २०७८, आइतबार ०९:२४

पोखराको फिर्के पुलबाट स्कार्पियो गाडी खस्यो


काठमाडौँ, १३ भदौ । पोखराको फिर्के पुलबाट स्कार्पियो गाडी खसेको छ। शनिबार राति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -४ बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०-०-४६७ नं को गाडी अनियन्त्रित भइ फिर्के पुलबाट खसेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । हमालका अनुसार गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खसेपनि चालक पोखरा -१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल हुनुहुन्छ । घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई आफन्तको जिम्मामा पठाइसकेको छ।पोखरा महानगरपालिका वडा नं -४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।