जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार १२:१७

जनलहर : हेटौंडामा कांग्रेस–माओवादी परित्याग गरि ४ सय २१ जना एमालेमा प्रवेश


हेटौंडा, भदौ १३। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा ४ सय २१ जना प्रवेश गरेका छन् ।
नेकपा एमालेको आयोजनामा पार्टी शुद्धीकरण तथा पार्टी प्रवेश कार्यक्रमका अवसरमा नेपाली काग्रेसं, राप्रपा, नेकपा माओवादी लगायतका विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो ।पार्टी प्रवेश कार्याक्रममा एमालेका क्षेत्र नम्बर १ का सांसद तथा अर्थसमितिका सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतकाले पार्टीमा प्रवेश गर्नेहरुलाई खादा र टिका लगाएर स्वागत गर्नुभएको थियो ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशीहरुले अबका दिनमा एमालेको नीति, सिद्धान्त र विचारलाई अक्षरस पालना गर्दै मुलुकको विकास र समृद्धिमा हातमा हात, काँधमा कााध मिलाएर अगाडी बढ्ने प्रतिवद्धता जनाए । त्यस्तै आगामी निर्वाचनमा एमालेमा व्यापक मात्रामा जनलहर पैदा गरी कांग्रेस तथा माओवादीलाई हेटौंडामा जमानत जफत गराउने समेत उद्घोष गरे ।