काठमाडौं, भदौ १३ । १५ वर्षीया किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म वेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगि ती किशोरले पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले मालिका गाउँपालिका ५ बस्ने १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
१० दिनसम्म होटल फेरेर समेत आफु माथि बलात्कार गरेको पीडितको उजुरी पछि प्रहरीले आरोपित युवालाई पक्राउ गरी कारवाही शुरु गरेको प्रहरीले जनाएको छ । यता कञ्चनपुरमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका ४ जाँई बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
होटलमा बन्धक बनाए १० दिनसम्म बलात्कार













प्रतिक्रिया दिनुहोस्