जनता टाइम्स

१३ भाद्र २०७८, आईतवार १४:२८

भक्तपुरका अध्यक्ष केसीले छाडे माधव नेपालको साथ


काठमाडौं, १३ भदौ ।  नेकपा एमाले समानान्तर कमिटीमा भक्तपुर जिल्ला अध्यक्ष रहेका रजन केसीले माधव नेपाललाई साथ नदिने हुनुभएको छ। अध्यक्ष केपी शर्माओली र नेता नेपालबीचको अन्तरविरोधको समयमा बनाइएको समानान्तर कमिटीको अध्यक्षमा रजन केसी र सचिवमा श्यामसुन्दर बस्नेत रहनुभएको थियो ।

नेकपा एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि अध्यक्ष केसीले नेपाल पक्षलाई साथ नदिने निर्णय गर्नुभएको हो । सो कमिटीका अध्यक्ष केसीले आफु पार्टी विभाजनको पक्षमा नलाग्ने बताउनुभयो । संचारकर्मीसंग कुरा गर्दै केसीले भन्नुभयो– ‘विभाजनको पक्षमा म छैन, अन्तरसंघर्षको तहसम्म हो ।’ १० बुँदे सहमति भइसकेको र हिजोभन्दा आज पार्टीभित्र अन्तरसंर्घष गर्न सहज भएकोले अहिले विभाजनमा जानेप्रति आफनो असहमति रहेको केसीको भनाई छ ।