जनता टाइम्स

३ असार २०७६, मंगलवार १६:११

कांग्रेसको संसद अबरोध नेपालको संसदीय इतिहासकै निन्दनीय घटनाः योगेश भट्टराई


काठमाडौं,

मंगलबारको प्रतिनिधीसभामा नेपाली कांग्रेसले संसद अवरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गर्न नपाएपछि सत्ता पक्ष संसादहरुले संसदिय व्यवस्थाको खिल्लि उडाएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्ट्रममा पुगेर पनि सम्बोधन गर्न नपाएपछि नेपाल कम्युनिस्ट पार्टीका नेताहरू प्रमुख प्रतिपक्षी कांग्रेसको आलोचना गरेका हुन् ।

नेकपाका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएर कांग्रेसले संसदीय व्यवस्था माथि नै धावा बोलेको बताउनु भएको छ ।

उहाँले आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको यो घटना नेपालको संसदीय इतिहासकै निन्दनीय घटना भएको जनाउनु भएको छ ।

प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्षी दलका नेतालाई बोल्न दिने सभामुखले भनिरहँदा पनि कांग्रेसले नमान्नु अत्यन्तै अनैतिक कुरा भएको बताउनु भयो ।