जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार ०९:०६

नागढुङ्गामा फेरि पहिरो, सडक खण्ड दुईतर्फी नै बन्द


काठमाडौं, भदौ १४ । लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ ।

अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ ।

सडक बन्द हुँदा काठमाण्डौ आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।

हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो । काठमाडौंसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् ।